Pages

Saturday, October 6, 2018

जिवनशैली सम्बन्धी कार्यक्रम ब्रह्माकुमार भगवान भाई माउंट आबू


धार्के । धादिङको धुनिबेशी ६ धार्केमा शनिबार तनावमुक्त र सकारात्मक जिवनशैली सम्बन्धी कार्यक्रम भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धार्केको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा ब्रह्माकुमार भगवान भाईले तनावमुक्त र सकारात्मक जीवन शैलीको बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको छ । उहाँले जहाँ तनाव हुन्छ त्यहाँ अनेक समस्या हुने भन्दै तनावको कारणले आपसमा खटपट हुने बताउनुभयो । अध्यात्मिक ज्ञान नै सकारात्मक जिवनको श्रोत भएकाले जिवन तनावमुक्त बनाएर सकारात्मक जिवन ज्युन सकिने बताउनुभयो ।
माउण्ट आबु, राजस्थान भारत बाट आउनुभएका ब्रह्माकुमार भगवान भाईले विभिन्न विद्यालय, क्याम्पस, हस्पिटल, कारागार, लगायतका ठाउँमा नैतिक शिक्षा र तनावमुक्त जिवनको विषयमा कार्यक्रम गर्नुभएको छ ।
यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले शान्ती र अहिँसाको विषयमा कार्यक्रम भईरहँदा हामीले भने सोच परिर्वन गरेर अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धादिङका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुको आतित्थ्यता रहेको थियो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धार्केको आयोजनामा विभिन्न विद्यालयहरुमा पनि नैतिक शिक्षा सम्बन्धी कार्यक्रम भईरहेको छ ।

No comments:

Post a Comment