Pages

Saturday, October 26, 2019

राजयोगद्वारा मनशान्ति : भगवान भाई

राजयोगद्वारा मनशान्ति : भगवान भाई

सन्दकपुर संवाददाता
इलाम, ६ जेठ २०७६ :
 राजयोगद्वारा आफ्नो इन्द्रीयहरूमाथि संयम राखेर मनोबललाई बढाउन सकिने, आन्तरिक शक्तिहरू अनि सद्गुणहरूको विकास गरी जीवनमा निखार ल्याउन सकिने र तनाबमुक्त, साँचो अनि स्थायी सुखशान्तिको अनुभग गर्न सकिने भगवान भाईले बताएका छन् । भारतको राजस्थान माउण्टआबुस्थित ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रबाट इलाम आएर चार दिनदेखि सन्देशमूलक प्रवचन दिइरहेका भगवान भाईले केन्द्रको इलाम कार्यालयमा उपस्थित केन्द्रका अनुयायीहरूलाई संवोधन गर्ने क्रममा उक्त कुरा बताएका हुन् ।
उनले राजयोगको अभ्यासद्वारा सहनशीलता, नम्रता, एकाग्रता, शान्ति, धैर्यता आदि अनेकौँ सद्गुणहरूको विकास हुने, सद्गुण अनि शक्तिहरूले जीवनमा समस्याको समाधान गर्न मार्गदर्शन प्रदान गर्ने र जीवनको हर परिस्थितिमा बिजयी बन्न सकिने बताए । राजयोगद्वारा नै विपरित परिस्थितिहरूमा पनि सकारात्मक चिन्तन गरी तनाब, चिन्ताबाट बाँच्न सकिने उनको भनाई थियो । 
२१औँ शताब्दीमा तनाबपूर्ण परिस्थितिहरूबाट बाच्न राजयोग नै संजीवनी बुटी भएको भन्दै उनले राजयोगले मनोबल, आत्मबललाई बढाएर अनेकौँ शारीरिक अनि मानसिक बिरामबाट बाँच्न सकिने बताए । राजयोगबाट जीवन जीउने कला सिकिने र यसबाट पाउने सुखको अघि सांसारिक बस्तु, वैभवको क्षणिक सुख फिका लाग्ने उनको भनाई थियो ।
उनले राजयोगको विधी बताउँदै स्वयम्लाई आत्मा निश्चय गरेर चन्द्रमा, सूर्य अनि तारागणदेखि पनि माथि परमधाममा निवास गर्ने पिता परमात्मालाई मन बुद्धिले याद गर्नुपर्ने र राजयोगको अभ्यासबाट नै मनले सही दिशानिर्देश पाउने बताए । कार्यक्रममा इलामको केन्द्रकी सञ्चालिका युमना, प्रमुख अतिथि उच्च अदालतको इलाम इजलासका न्यायाधीश विरेन्द्र कर्ण, इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठ लगायतले संवोधन गरेका थिए ।
यो समाचारसँग सम्बन्धित तलका शिर्षकको सामग्री पनि हेर्नुहोस्ः

क्रोधले तनाब बढ्दछ

बदला नलेऊ आपैmँलाई बदल : भगवान भाइ

No comments:

Post a Comment