Pages

Showing posts with label नैतिक शिक्षाबाट व्यवहारमा निखार. Show all posts
Showing posts with label नैतिक शिक्षाबाट व्यवहारमा निखार. Show all posts

Monday, September 26, 2016

नैतिक शिक्षाबाट व्यवहारमा निखार























‘नैतिक शिक्षाबाट व्यवहारमा निखार’

  0  New
रत्ननगर । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, माउण्ट आबू, राजस्थानबाट आएका राजयोगी भगवान भाइले नैतिक शिक्षाद्वारा अपराधमुक्त समाजको निर्माण गर्न सकिने बताएका छन् ।
शुक्रबार रत्ननगरमा स्काइराइडर उमाविका छात्रछात्रसँग नैतिक शिक्षाद्वारा व्यवहार र संस्कारमा निखार आउने उनले बताए । पाँच हजारभन्दा विद्यालय र आठ सयभन्दा बढी कारागारमा नैतिक शिक्षाको पाठ पढाएर आफ्नो नाम इन्डिया बुक अफ रेकर्डमा दर्ता गराएका भगवान भाइले दुव्र्यसन, सामाजिक सञ्जाल, चलचित्र र फेसनका कारण आजका युवापिंढी भड्किरहेकोले आध्यात्मिकताद्वारा नै उनीहरुले सही दिशा पाउने बताएका छन् ।
‘शिक्षाको मूल उद्देश्य नै चरित्रवान् बन्न, अन्धकारदेखि प्रकाशतर्फ जान, अमर बन्न, नराम्रा बानीहरुदेखि मुक्त हुन र असत्यबाट सत्यतर्फ जानु हो’, राजयोगी भगवान भाइले भने, ‘भावी समाजलाई अपराधमुक्त बनाउन आजका छात्रछात्रालाई संस्कारी बनाउन आवश्यक छ ।’
स्थानीय ब्रह्माकुमारी सेवा केन्द्रकी सञ्चालिक बीके शर्मिला बहिनीले आध्यात्मिक ज्ञान एवम् राजयोगको अभ्यास गर्न अनुरोध गरिन् ।