Pages

Showing posts with label जिवनशैली सम्बन्धी ब्रह्माकुमार भगवान भाई माउंट आबू. Show all posts
Showing posts with label जिवनशैली सम्बन्धी ब्रह्माकुमार भगवान भाई माउंट आबू. Show all posts

Saturday, October 6, 2018

जिवनशैली सम्बन्धी कार्यक्रम ब्रह्माकुमार भगवान भाई माउंट आबू


धार्के । धादिङको धुनिबेशी ६ धार्केमा शनिबार तनावमुक्त र सकारात्मक जिवनशैली सम्बन्धी कार्यक्रम भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धार्केको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा ब्रह्माकुमार भगवान भाईले तनावमुक्त र सकारात्मक जीवन शैलीको बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको छ । उहाँले जहाँ तनाव हुन्छ त्यहाँ अनेक समस्या हुने भन्दै तनावको कारणले आपसमा खटपट हुने बताउनुभयो । अध्यात्मिक ज्ञान नै सकारात्मक जिवनको श्रोत भएकाले जिवन तनावमुक्त बनाएर सकारात्मक जिवन ज्युन सकिने बताउनुभयो ।
माउण्ट आबु, राजस्थान भारत बाट आउनुभएका ब्रह्माकुमार भगवान भाईले विभिन्न विद्यालय, क्याम्पस, हस्पिटल, कारागार, लगायतका ठाउँमा नैतिक शिक्षा र तनावमुक्त जिवनको विषयमा कार्यक्रम गर्नुभएको छ ।
यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले शान्ती र अहिँसाको विषयमा कार्यक्रम भईरहँदा हामीले भने सोच परिर्वन गरेर अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धादिङका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुको आतित्थ्यता रहेको थियो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धार्केको आयोजनामा विभिन्न विद्यालयहरुमा पनि नैतिक शिक्षा सम्बन्धी कार्यक्रम भईरहेको छ ।